२८ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सधैंका लागि सरकारबाट हट्यो भन्ने भ्रम नपाल्न चेतावनी दिएका छन् ।
उनले एमालेको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै एमाले कमजोर नभएको बताएका छन् । ‘कसैले अब सधैंका लागि एमाले सरकारबाट हट्यो भने ठानेको होला । यो भ्रम नपाले हुन्छ,’ ओलीले भने,‘एमाले, राजनीतिक, आर्थिक विकासको नायकत्व दिइरहेको पार्टी हो ।
व्यवहारमा यसले पुष्टि गरेको थियो । देखाएको थियो ।’ उनले एमाले सरकारमा हुँदा र नहुँदा के हुँदो रहेछ भन्ने अहिले विश्व बैंकको प्रतिवेदनले देखाएको दाबी पनि गरे । हामी सरकारमा हुँदा र हट्दा के हुँदो रहेछ भन्ने अहिले विश्व बैंकले भनेको छ । ३ प्रतिशत यही वर्ष आर्थिक वृद्धिदर घट्छ भन्यो,’ उनले भने । उनले पार्टीले देशको स्वाभिमान कायम गर्नका लागि काम गरेको बताए ।
उनले आर्थिक रूप र दिगो विकासका लक्ष्यमा काम गरिरहँदा अर्को वर्ष नेपाललाई अल्पविकसितबाट विकसित राष्ट्रमा विकसित गर्ने अनुकूल स्थिति सिर्जना गरिहेका उल्लेख गरे । ओलीले एमाले सरकारले देशको स्वाभिमान कायम गर्नका साथै आर्थिक विकास र दिगो विकासका लक्ष्यहरूमा निरन्तर काम गरिरहेको बताए।















