Logo

२९ असोज,काठमाडौं । प्रतिनिधिसभा विघटन र अन्तरिम सरकार गठनलाई असंवैधानिक ठहर गर्दै दर्ता गरिएका ९ वटा रिटमाथि छठ पर्व पछि सुनुवाइ सुरु हुने भएको छ। सर्वोच्च अदालत प्रशासनले कात्तिक १२ मा ती रिटहरूको प्रारम्भिक पेशी तोकेको जनाएको छ।

सर्वोच्च अदालतमा दर्ता गरिएका ती रिटहरूमा संविधान विपरीत प्रतिनिधिसभा विघटन गरी अन्तरिम सरकार गठन गरिएको भन्दै खारेज गर्न माग गरिएको छ। हिजो दर्ता भएका ती निवेदनहरू आवश्यक अध्ययनपछि स्वीकृत गरिएको सर्वोच्च प्रशासनले जनाएको छ।

सबै रिटहरू संवैधानिक इजलासमा विचाराधीन हुनेछन् र आगामी सुनुवाइमा सम्बन्धित पक्षहरूलाई सुनुवाइका लागि बोलाइनेछ।


सम्बन्धित समाचार
भर्खरै