Logo

२९ असोज, काठमाडौं ।सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरालाई अदालतले थुनामा पठाउने आदेश दिएको छ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले बुधबार थुनछेक बहसपछि महरालाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको हो।

महराविरुद्ध २०७९ पुस १० मा चिनियाँ नागरिक लि हासोङ्गले इलेक्ट्रिक चुरोट (भेप)मा लुकाएर ल्याएको सुन तस्करी प्रकरणमा संलग्न रहेको अभियोग लागेको थियो। उक्त घटनामा महराको संलग्नता रहेको आशंकामा केन्द्रीय अनुसन्धान ब्यूरो (ऋक्ष्द्य) ले अनुसन्धान अघि बढाएको थियो।

सरकारी वकिलको कार्यालयले सङ्गठित अपराध निवारण ऐन र भन्सार ऐन अन्तर्गत अभियोग लगाउँदै महराविरुद्ध ८ करोड ५५ लाख २८ हजार रुपैयाँको बिगो माग गरेको छ।

तर, महराले उक्त सुन तस्करी प्रकरणमा आफ्नो लगानी र संलग्नता अस्वीकार गर्दै आएका छन्।

यो आदेशसँगै चर्चित भेप सुन तस्करी प्रकरणले नयाँ मोड लिएको छ, जसमा उच्चस्तरीय राजनीतिक नेतृत्वको संलग्नताबारे थप प्रश्न उठ्न थालेका छन्।


सम्बन्धित समाचार
भर्खरै