Logo

३० असोज, काठमाडौँ । मधेस प्रदेशमा विकास बजेटको दुरुपयोग र कमिशनको खेल डरलाग्दो रूपमा देखिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जसपा नेपालका प्रदेश सांसद तथा पूर्व राज्यमन्त्री सरोज कुमार सिंहसहित १६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि यो तथ्य सार्वजनिक भएको हो । सिंहमाथि प्रदेश सभा सदस्य विकास कोषको रकममा ३८ लाख ५० हजार ३१९ रुपैयाँ बिगो कायम गरी कमिशन लिएर हिनामिना गरेको अभियोग लगाइएको छ ।

स्वकीय सचिवमार्फत ुकमिशनु झिकेर संयुक्त खातामा जम्मा

अख्तियारको अनुसन्धानले सांसद सिंहले कसरी रकम हिनामिना गरे भन्ने डरलाग्दो तरिका खुलासा गरेको छ । सांसद सिंहले विभिन्न उपभोक्ता समितिका खाताहरूमा जम्मा भएको रकमलाई आफ्नो स्वकीय सचिव विनोद कुमार लाल कायस्थ मार्फत झिक्न लगाएका थिए । झिकिएको उक्त रकम सांसद सिंहले आफ्नो र श्रीमती सरिता कुमारी महतो सिंहको संयुक्त खातामा जम्मारदाखिला गरेर व्यक्तिगत प्रयोजनमा लगाएको अख्तियारको ठहर छ ।

योजना र बिगोको लामो फेहरिस्त

सांसद सिंहसँगै विशेष अदालतमा मुद्दा दायर भएका १६ जनामा विभिन्न उपभोक्ता समितिका पदाधिकारीहरू संलग्न छन्, जसले विकास योजनाहरूको नाममा अनियमिततालाई सहयोग गरेका थिए।


सम्बन्धित समाचार