Logo

३१ असोज, काठमाडौं । दोलखा जिल्लाको वैतेश्वर गाउँपालिकामा भालुको भयानक आक्रमणबाट एक पुरुषले ज्यान गुमाएका छन् ।

गाउँपालिका–३, पल्लो ठाडेका ५९ वर्षीय टेकबहादुर तामाङको आज बिहान घर नजिकैको बारीमा भालुको आक्रमणबाट मृत्यु भएको हो । स्थानीयहरूका अनुसार, तामाङ बिहान घर नजिकैको बारीमा गएका बेला भालुले उनीमाथि अचानक आक्रमण गर्‍यो। भालुले उनको अनुहार र टाउकोमा गहिरो चोट पुऱ्याएको थियो, जसका कारण तामाङको घटनास्थलमै मृत्यु भयो ।

दोलखा प्रहरीले घटनास्थल घरबाट करिब २०० मिटरको दूरीमा रहेको पुष्टि गरेको छ।

भालुको बिगबिगी र जोखिम

यो घटनाले दोलखाको त्यस क्षेत्रमा वन्यजन्तुको जोखिम बढेको देखाउँछ। विशेषगरी, जिरी नगरपालिकामा केही समयअघि पनि भालुको आक्रमणबाट दुई जना घाइते भएका थिए ।

प्रत्येक वर्षजसो दोलखाको जिरीसहित विभिन्न क्षेत्रमा भालुले आक्रमण गरेको घटनाहरु सार्वजनिक भैरहेका छन् । जिरीको घना जंगलसँग सिमाना जोडिएको वैतेश्वरको ठाडे क्षेत्रमा पनि कालो भालुको बिगबिगी रहेको र सोही भालुले तामाङमाथि आक्रमण गरेको हुनसक्ने अनुमान स्थानीयहरूले गरेका छन् । यस घटनाले त्यस क्षेत्रका बासिन्दामा ठूलो त्रास उत्पन्न भएको छ।


सम्बन्धित समाचार
भर्खरै