Logo

३० असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले अन्तरिम सरकारको भूमिकाप्रति गम्भीर प्रश्न उठाउँदै निर्वाचन निष्पक्ष हुनेमा शंका व्यक्त गरेका छन् ।

निर्वाचन आयोगले बिहीबार आयोजना गरेको दलहरूसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो धारणा राखेका हुन् । गुरुङले माओवादी केन्द्र निर्वाचनमा सहभागी हुन तयार रहेपनि सरकारले निर्वाचनको लागि विश्वासको वातावरण सिर्जना गर्न नसकेको आरोप लगाएका छन् । उनले सरकारले निर्वाचनको घोषणा गरेपनि निष्पक्ष, स्वतन्त्र ढंगले निर्वाचन गर्न सक्ने खालको वातावरण बनाएको छैन भन्नेमा आशंका रहेको बताए ।

सरकारले शान्ति सुरक्षा लगायतका निर्वाचन भयमुक्त रहित वातावरणमा निष्पक्ष र स्वतन्त्र ढंगले निर्वाचन सम्पन्न गराउनको लागि भूमिका निर्वाह गर्नुपर्ने भएपनि दलहरूको विरुद्धमा प्रतिशोध लिने, बदला लिने, गिरफ्तार गर्ने, मुद्दा लगाउने खालका गतिविधि अगाडी बढाएको गुरुङको अरोप छ ।

प्रतिशोधको भावनाले विश्वास गुमायो

गुरुङका अनुसार, सरकार राजनीतिक दलहरूको विरुद्धमा लागिरहेको र प्रतिशोधको भावनासहित काम कारबाही अगाडि बढाइरहेका कारण निष्पक्ष निर्वाचन हुनेमा आशंका पैदा भएको हो ।
उनले सरकारले सबै दलहरूसँग संवाद गर्दै विश्वासमा लिएर मात्र निर्वाचनको वातावरण बनाउन सक्नेमा जोड दिए। तर, हालको सरकारी गतिविधिले दलहरूसँगको विश्वासको दूरी बढाएको र यसले निर्वाचनको नतिजा र प्रक्रियामाथि नै प्रश्न उठाउन सक्ने उनले संकेत गरे।


सम्बन्धित समाचार
भर्खरै