Logo

३० असोज,वीरगञ्ज । ७०औं प्रहरी दिवसको अवसरमा वीरगञ्जमा आयोजित विशेष रक्तदान कार्यक्रममा ६७ जनाले रक्तदान गरेका छन्।

नेपाल प्रहरीको विशेष प्रदेश कार्यालय र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा सम्पन्न रक्तदान कार्यक्रममा प्रहरी कर्मचारी, नागरिक समाजका प्रतिनिधि र सर्वसाधारणको उल्लेखनीय सहभागिता देखिएको थियो।

रक्तदान गर्नेहरूमा रामसुन्दरी यादव, धर्मेन्द्र प्रसाद, सम्बर गुरुङ, मनोहर रसाइली, केदार तिमल्सिना, मोहम्मद जलीम अख्तर, गुल्शनकुमार यादव, अफरोज आलम, ऋषिराम भट्टराई, लालबहादुर साह, मोतीलाल पासवान, लक्ष्मण कुमार यादव, सुदन पुरी, रामचन्द्र यादव, मुकेश राय लगायत रहेका छन्।

कार्यक्रममा पर्साका प्रहरी उपरीक्षक सुदीपराज पाठक, प्रहरी नायब उपरीक्षक किशोर लम्साल र हरि बस्नेत लगायतको विशेष उपस्थिति रहेको थियो।

प्रहरी दिवसको अवसरमा आयोजित यो रक्तदान कार्यक्रमले सुरक्षा निकाय र नागरिकबीचको सहकार्य तथा मानवीय सेवाको उदाहरण प्रस्तुत गरेको आयोजकले बताएका छन्।


सम्बन्धित समाचार
भर्खरै