Logo

३० असोज,वीरगञ्ज । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि जनमत पार्टीले पर्सा जिल्लामा जेनजी जनमत संघ गठनलाई तीव्रता दिएको छ। पार्टीले गाउँदेखि शहरसम्म संगठन विस्तार र मतदाता जागरण अभियानलाई संगठित रूपमा अघि बढाएको छ।

जनमत पार्टीका युवा दस्ताका पर्सा जिल्ला अध्यक्ष मनोज साहका अनुसार हालसम्म वीरगन्ज महानगरपालिकाका ६ वटा वडा र ग्रामीण पालिकाका ७ वटा वडामा जेनजी जनमत संघ गठन भइसकेको छ। “आगामी कात्तिक महिनाभित्र जिल्लाका सबै ११२ वटै वडामा जेनजी जनमत संघ गठन गरी प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने योजना रहेको छ,” अध्यक्ष साहले बताए।

यस अभियानसँगै जेनजी मतदाता दर्ता कार्यक्रम पनि तीव्र रूपमा अघि बढाइएको छ। जनमत पार्टीका पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फका अनुसार वीरगन्ज महानगरपालिकासहित ७ वटा पालिकामा जेनजी मतदाता दर्ता अभियान जारी छ।

प्रदेश सदस्य बृजेस्वर चौधरीका अनुसार जगरनाथपुर गाउँपालिका लगायतका ग्रामीण क्षेत्रमा उक्त अभियानमा उत्साहजनक सहभागिता देखिएको छ। पार्टीले जेनजी समुदायलाई राजनीतिक रूपमा सशक्त बनाउन दीर्घकालीन रणनीति अनुसार अभियान सञ्चालन गरिरहेको जनाएको छ।


सम्बन्धित समाचार
भर्खरै