Logo

झापा, ३० असोज । गौरादह नगरपालिका–९ स्थित सिस्नेखोलामा आज दिउँसो माछा मार्ने क्रममा डुबेर तीन जना निर्दोष बालिकाको दुःखद निधन भएको छ। यो घटनाले स्थानीयवासीलाई स्तब्ध बनाएको छ भने अभिभावकहरूमा गहिरो शोक छाएको छ। मृत्यु हुनेमा स्थानीय अञ्जु मगरका दुई छोरी र निर्मला परियारकी एक छोरी छन् ।

खोलामा डुबेर ७ वर्षीया सुष्मा मगर, ९ वर्षीया स्वीकृति मगर र ११ वर्षीया रोश्नी परियारको मृत्यु भएको झापा प्रहरीले जनाएको छ । माछा मार्न गएका यी साना नानीहरू खोलामा डुबेर ज्यान गुमाउन पुगेको जिल्ला प्रहरी कार्यालयले पुष्टि गरेको छ।

घटनाको खबर पाउने बित्तिकै प्रहरी टोली घटनास्थल पुगिसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीले तीनै बालिकाको शवको मुचुल्का उठाउने र घटनाको थप अनुसन्धान अगाडि बढाएको छ। सामान्य रमाइलोको क्रममा भएको यो दुःखद दुर्घटनाले गाउँघरमा खोला तथा पानीका स्रोतहरूमा बालबालिकाको सुरक्षाको विषयमा गम्भीर प्रश्न उठाएको छ।


सम्बन्धित समाचार