Logo

बंगलादेशको राजनीतिमा भूकम्प जाने गरी अभियोजन पक्षले पूर्व प्रधानमन्त्री शेख हसिनाका लागि मृत्युदण्डको माग गरेको छ।

गत वर्ष विद्यार्थी प्रदर्शनहरूलाई दबाउन ‘मानवताविरुद्धको अपराध’ गरेको गम्भीर आरोप उनीमाथि लागेको छ । उक्त प्रदर्शनहरू निकै हिंसात्मक बनेका थिए, जसमा सुरक्षाकर्मीको कारबाहीमा ठूलो सङ्ख्यामा मानिसको ज्यान गएपछि हसिना सत्ताबाट बाहिरिन बाध्य भएकी थिइन्  ।

प्रमाणको रूपमा ‘घातक आदेश’को अडियो क्लिप

बीबीसीका अनुसार हसिनाविरुद्धको मुद्दामा एउटा अत्यन्तै संवेदनशील अडियो क्लिप बाहिरिएको छ । सो क्लिपमा कथित रूपमा हसिनाले सुरक्षा बलहरूलाई प्रदर्शनकारीहरूमाथि ‘घातक हतियारको प्रयोग’ गर्न आदेश दिएको सुनिन्छ । यद्यपि, भारतमा शरण लिएर बसेकी हसिनाले भने यी सबै आरोप अस्वीकार गरेकी छिन् । गत वर्षको उक्त हिंसालाई सन् १९७१ को स्वतन्त्रता संग्रामपछिको सबैभन्दा भयानक हिंसा मानिएको छ, जसमा करिब १,४०० मानिसको मृत्यु भएको थियो।

बंगलादेशका मुख्य अभियोजक ताजुल इस्लामले अत्यन्त आक्रामक बयान दिँदै भनेका छन् ‘हसिनाले १,४०० मृत्युदण्डको सजाय पाउनुपर्छ। किनकि यो मानवीय रूपमा सम्भव छैन, त्यसैले हामी कम्तीमा एक पटक मृत्युदण्डको सजायको माग गर्दछौं।’ यो मागले बंगलादेशको राजनीतिक र न्यायिक वृत्तमा ठूलो हलचल ल्याएको छ, र भारतमा शरण लिएकी पूर्वप्रधानमन्त्रीको भविष्य अब न्यायालयको निर्णयमा निर्भर रहने देखिएको छ।


सम्बन्धित समाचार
भर्खरै