Logo

३१ असोज, काठमाडौं । वर्षौंदेखि नेपाल विद्युत प्राधिकरणलाई तिर्न बाँकी रहेको बिजुलीको बक्यौता तिर्ने प्रक्रिया हुलास स्टिल उद्योगले बल्ल सुरु गरेको छ।

कुल १४ करोड १२ लाख ५ हजार रुपैयाँ बक्यौता रहेकोमा उद्योगले पहिलो किस्ताबापत ५० लाख ४३ हजार रुपैयाँ भुक्तानी गरेको प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार यो भुक्तानी हुलास स्टिलले पहिलोपटक गरेको हो । प्राधिकरणको सिमरा वितरण केन्द्रअन्तर्गत रहेको यस उद्योगले २०७२ माघदेखि २०७५ वैशाख महिनासम्म प्रयोग गरेको बिजुलीको रकम तिर्न बाँकी थियो ।

बक्यौता रकम एकमुष्ट तिर्न नसकेपछि हुलास स्टिलले प्राधिकरणबाट २८ किस्तामा भुक्तानी गर्ने सुविधा लिएको थियो । सोहीअनुसार उद्योगले पहिलो किस्ताको रकम तिरेर आर्थिक अनुशासन पालना गर्नेतर्फ कदम चालेको देखिएको छ । यो भुक्तानीसँगै प्राधिकरणलाई ठूलो रकम बक्यौता राख्ने उद्योगहरूलाई समेत नियमित किस्ता तिर्न दबाब बढेको छ ।


सम्बन्धित समाचार
भर्खरै