Logo

३१ असोज, काठमाडौं ।  गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलन ले देशमा निम्त्याएको अराजकताका बेला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल लगायत ६१ जना भीआईपीको हवाई उद्धार गरिएको नेपाली सेनाले खुलासा गरेको छ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सेनाले शीर्ष नेता र मन्त्रीहरूका साथै उनीहरूका परिवारका सदस्यहरूलाई समेत उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याएको जानकारी गरायो । भीषण हिंसा र अराजकताका बीच पनि सेना संयमित रहेको दाबी गरिएको छ। सेनाका युद्धकार्य निर्देशक अनुपजंग थापा ले सेनाको प्राथमिकता जनधनको सुरक्षा र राष्ट्रिय एकता मा रहेको बताएका छन् ।

आन्दोलनको क्रममा नेपाल प्रहरीका २३ कर्मचारीको पनि हवाई उद्धार गरिएको थियो भने जमिनबाट थप १२९ जनालाई सुरक्षित निकालिएको सेनाले जनाएको छ। जेन–जी आन्दोलन र त्यसबाट उत्पन्न परिस्थितिमा कुल ७६ जनाको मृत्यु भएको थियो ।


सम्बन्धित समाचार
भर्खरै