२१ असोज, काठमाडौं । डा. सीके राउत नेतृत्वको जनमत पार्टी फुटाएर दर्ता गर्न लागिएको जनस्वराज पार्टी (जस्वपा) को प्रक्रियामा सर्वोच्च अदालतले ब्रेक लगाएको छ ।
अदालतले निर्वाचन आयोगको उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । न्यायाधीश तिलप्रसाद श्रेष्ठ को इजलासले शुक्रबार यो आदेश जारी गर्दै विवादित निर्णयको कार्यान्वयनमा रोक लगाएको हो । निर्वाचन आयोगले यही असोज २८ गते जनस्वराज पार्टी दर्ता गर्ने निर्णय गरेपछि डा। राउतले उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा उत्प्रेषणसमेतको रिट दायर गरेका थिए । सर्वोच्चले अब यो विषयमा थप छलफल आवश्यक रहेको भन्दै विपक्षी निर्वाचन आयोगको नाममा लिखित जवाफ माग गरेको छ।
साथै, यो मुद्दाको अर्को छलफल कात्तिक १७ गते का लागि तोकिएको छ । यो आदेशले जनमत पार्टीमा देखिएको विभाजनको विवाद अब न्यायिक प्रक्रियाबाट टुंगो लाग्ने बाटो खुलेको छ।
















