३१ असोज, काठमाडौं । दशैंको समयमा असोज १८ गतेयता परेको अविरल वर्षा र त्यसबाट सिर्जित बाढीपहिरोले नेपालको निर्जीवन बीमा क्षेत्रमा सवा ३ अर्ब रुपैयाँभन्दा बढीको क्षति दाबी सिर्जना गरेको छ ।
प्राकृतिक विपत्तिको यो प्रकोपले बीमा कम्पनीहरूलाई ठूलो आर्थिक दबाबमा पारेको छ। बीमा प्राधिकरणबाट प्राप्त जानकारी अनुसार, विभिन्न १३ निर्जीवन बीमा कम्पनी र २ लघु निर्जीवन बीमा कम्पनी मा कुल ७०४ वटा बीमा दाबी परेका छन्, जसको कुल रकम ३ अर्ब २६ करोड ७६ लाख रुपैयाँ पुगेको छ।दशैंको मुख्य पर्वकै बेला आएको यो विपत्तिले एकातिर जनजीवनमा ठूलो क्षति पुर्यायो भने अर्कोतिर बीमा कम्पनीहरूको वित्तीय पोर्टफोलियो माथि असामान्य दबाब सिर्जना गरेको छ। यो दाबी रकमले निर्जीवन बीमा क्षेत्रको जोखिम व्यवस्थापनको क्षमतामाथि पनि प्रश्न उठाएको छ।
कुन कम्पनीमा कति भार ?
५० करोडभन्दा माथिः शिखर इन्स्योरेन्स, सिद्धार्थ प्रिमियम इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्स।
२० देखि ३७ करोडसम्मः हिमालय एभरेष्ट, नेसनल इन्स्योरेन्स र दि ओरियन्टल इन्स्योरेन्स।
१० देखि १७ करोडसम्मः आइजीआई प्रुडेन्सियल, युनाइटेड अजोड, नेको, सगरमाथा लुम्बिनी, प्रभु र नेपाल इन्स्योरेन्स।
१० करोडभन्दा कमः सानिमा जिआईसी इन्स्योरेन्स र लघु निर्जीवन कम्पनीहरू (ट्रस्ट माइक्रो, स्टार माइक्रो)















