Logo

नेपाली बजारमा सुनको मूल्यमा उल्लेख्य कमी आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो दिन आइतबार

सुनको भाउ तोलामा ४,८०० ले घटेको छ। छापावाल सुनको मूल्य घटेर २ लाख ५३ हजार २०० प्रति तोलामा कायम भएको छ। यसअघि शुक्रबार सुन हालसम्मकै उच्च बिन्दु २ लाख ५८ हजारमा कारोबार भएको थियो । सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। आइतबार चाँदीको भाउ तोलामा रु ३,२७५ कायम भएको छ, जुन शुक्रबार ३,३५० रहेको थियो ।

बजारमा रेकर्ड कायम गरेको उच्च बिन्दु पछि आइतबार सुनको भाउमा आएको यो गिरावटले लगानीकर्ता र उपभोक्ता दुवैलाई असर पार्ने देखन्छ ।


सम्बन्धित समाचार