Logo

१ कात्र्तिक, काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको नेतृत्व परिवर्तन भएको छ।

पार्टीका संस्थापक महासचिव मोहन वैद्य किरणले आफ्नो पदबाट स्वैच्छिक राजीनामा दिएका छन् । ८० वर्षीय वैद्यले आफ्नो राजीनामाको कारण स्वास्थ्य समस्या रहेको बताएका छन् । लामो समयदेखि पार्टीको नेतृत्व सम्हाल्दै आएका उनले अब विश्राम लिने निर्णय गरेपछि पार्टीले नयाँ नेतृत्व चयन गरेको हो।

नयाँ नेतृत्वको जिम्मा

पार्टीले मोहन वैद्यको स्थानमा वरिष्ठ नेता सीपी गजुरेल लाई नयाँ महासचिव को जिम्मेवारी दिने निर्णय गरेको छ। सीपी गजुरेलका अनुसार, किरण जी लामो समयदेखि महासचिव हुनुहुन्थ्यो, उहाँको स्वास्थ्यले साथ दिएन। त्यसैले केन्द्रीय समितिले महासचिवको जिम्मेवारी मलाई दिएको छ। उहाँ सल्लाहकार र विशेष कमिटीमा हुनुहुन्छ ।

वैद्यको राजनीतिक यात्रा

मोहन वैद्यले २०६९ सालमा पुष्पकमल दाहाल नेतृत्वको माओवादीबाट विद्रोह गरी नेकपा (माओवादी’ गठन गरेका थिए। उनी २०८१ मंसिरमा विभिन्न समूहको एकताबाट बनेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल को महासचिव बनेका थिए ।


सम्बन्धित समाचार