Logo

१ कात्र्तिक, काठमाडौं ।  निजी अस्पताल र मेडिकल कलेजहरूमा कार्यरत नर्सिङ स्वास्थ्यकर्मीहरूको आन्दोलन चर्किएपछि सरकारले उनीहरूको पारिश्रमिक सम्बन्धी माग सम्बोधन गर्न उच्चस्तरीय समिति गठन गरेको छ।

प्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री सुशीला कार्की ले गत बिहीबार स्वास्थ्य मन्त्रालयका पदाधिकारीहरूलाई तत्काल समस्या समाधान गर्न निर्देशन दिएपछि मन्त्रालयले अतिरिक्त सचिव प्रा.डा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा १४ सदस्यीय समिति बनाएको हो ।

समितिको प्रमुख लक्ष्य र कार्यादेश

समितिको पहिलो बैठक आजै (आइतबार) बसेको छ। भोलिदेखि तिहार बिदा सुरु हुने र अस्पतालमा कामको चाप बढ्ने भएकाले आन्दोलनरत नर्सहरूलाई तत्काल काममा फर्काउने वातावरण बनाउन प्रयास भइरहेको स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटा ले जानकारी दिए । डा.देवकोटाले काममा फर्किनका लागि आव्ह्वान गरिरहेको र आजै सहमति गरी उनीहरुलाई काममा फर्काउने कोशिश गरिरहेको बताएका छन् । समितिलाई एक हप्ताभित्र प्रारम्भिक प्रतिवेदन बुझाउन भनिएको छ।

समितिमा को को छन् ?

समितिमा स्वास्थ्य मन्त्रालयका प्रतिनिधिबाहेक गृह, अर्थ, श्रम, र शिक्षा मन्त्रालय का प्रतिनिधिहरू पनि सदस्य रहेका छन् । यसका साथै नेपाल नर्सिङ परिषद्, नेपाल मेडिकल तथा डेन्टल कलेज एसोसिएसन्स, अफिन र आन्दोलनरत नर्सका प्रतिनिधि समेतलाई समावेश गरी सबै सरोकारवालाको सहभागिता सुनिश्चित गरिएको छ।


सम्बन्धित समाचार