२ कात्र्तिक, काठमाडौं । स्वास्थ्य सेवामा भ्रष्टाचारको ठूलो फाइल खुलेको छ।
स्वास्थ्य मन्त्रालयकी अतिरिक्त सचिव संगीता कौशल मिश्रा सहित १५ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले मिश्रासहितका अधिकारीहरूले स्वास्थ्य उपकरण खरिदमा घोटाला गरेको ठहर गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
आयोगले मिश्रासहित १५ जनाविरुद्ध १४ करोडभन्दा बढी बिगो दाबी गरेको छ। यो भ्रष्टाचार मुद्दा स्वास्थ्य सेवा विभागको महानिर्देशक हुँदा गरिएको खरिद प्रक्रियासँग सम्बन्धित रहेको बुझिएको छ ।
मन्त्री बन्ने चर्चामाथि धक्का
केही साताअघि मात्रै जेन(जीको सरकारमा स्वास्थ्य मन्त्री बन्ने चर्चामा रहेकी अतिरिक्त सचिव मिश्राविरुद्ध मुद्दा दायर भएपछि उहाँको राजनीतिक भविष्यमाथि गम्भीर प्रश्नचिह्न खडा भएको छ। अख्तियारले प्रमाणसहित मुद्दाको फाइल विशेष अदालतमा पेस गरिसकेको छ।

















