Logo

२ कात्तिक,वीरगञ्ज । शिक्षा विकास तथा समन्वय इकाई, पर्साका इकाई प्रमुख हरी राउत कुर्मीको आज एक विशेष समारोहका बीच बिदाइ गरिएको छ।

करीब ३१ वर्ष ५ महिना लामो सेवायात्रा पूरा गरी आगामी कार्तिक ४ गतेदेखि उप–सचिव पदबाट अनिवार्य अवकासमा जान लाग्नु भएका कुर्मीको सम्मानमा इकाई कार्यालयले बिदाइ कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै नेपाल शिक्षक महासंघ पर्साका अध्यक्ष तीर्थराज यादवले राउतको शिक्षा प्रशासनमा रहेको इमान्दारिता र कर्मनिष्ठाको प्रशंसा गर्नुभयो। उहाँले भन्नुभयो, “हरी राउत जस्तो निष्पक्ष, सरल र समर्पित अधिकारी बिरलै भेटिन्छन्।”

त्यस्तै, महासंघका सचिव विनोद गिरीले राउतको ३१ वर्षे सेवाकालमा कुनै पनि विवाद वा अख्तियारमा मुद्दा नपरेको उल्लेख गर्दै उहाँको स्वच्छ छविको प्रशंसा गर्नुभयो।

कार्यक्रममा नेपाल शिक्षक संघ पर्साका अध्यक्ष प्रदीप जैसवाल, शिक्षक संगठन पर्साका सचिव रियाज अहमद, प्रधानाध्यापक संघ नेपाल पर्साका सचिव मुकलेश गदि लगायत शिक्षक संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन शिक्षा अधिकृत श्याम किशोर गुप्ताले गर्नुभएको थियो।

श्री हरी राउत कुर्मीलाई सहभागी सबैले आगामी दिनमा पनि शिक्षाक्षेत्रकै विकास र मार्गदर्शनमा सक्रिय रहिरहन शुभकामना व्यक्त गरेका छन्।


सम्बन्धित समाचार
भर्खरै