Logo

२ असोज, काठमाडौँ । लामो समयको गिरावटपछि साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार मापन गर्ने नेप्से परिसूचकमा झिनो सुधार आएको छ।

आज नेप्से परिसूचक १६ दशमलव ६७ अङ्कले वृद्धि भई २ हजार ५०३ अङ्कमा कायम भएको छ । केही दिनदेखि निरन्तर घटेर २५०० को नजिक पुगेको बजार परिसूचक आज बढे पनि समग्र बजारमा भने उत्साह देख्न सकिएन । कारोबार रकममा ठूलो गिरावटनेप्से बढे पनि लगानीकर्ताको मनोबलमा पूर्ण सुधार नआएको सङ्केत कारोबार रकमले दिएको छ ।

गत बिहीबार ३ अर्ब २७ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आज यो रकम घटेर २ अर्ब ७९ करोड रुपैयाँमा खुम्चिएको छ। अधिकांश कम्पनीको मूल्य बढ्यो, समूहगत सूचकमा हरियालीआज कारोबारमा सहभागी भएका अधिकांश कम्पनीको सेयर मूल्य बढेको छ। ८ कम्पनीआज कारोबार भएका १३ उपसमूह मध्ये १० वटाको सूचक बढेको छ।


सम्बन्धित समाचार