Logo

४ कात्र्तिक, काठमाडौं । जापानको राजनीतिमा एउटा नयाँ अध्याय कोरिएको छ । सनाए तकाइची जापानको इतिहासमा पहिलो महिला प्रधानमन्त्री निर्वाचित भएकी छन् ।

जापानको दुवै सदनमा भएको निर्वाचनमा बहुमत प्राप्त गर्दै ६४ वर्षीया तकाइचीले यो ऐतिहासिक सफलता हासिल गरेकी हुन् । पूर्वप्रधानमन्त्री शिन्जो आबेकी राजनीतिक शिष्य समेत रहेकी उनले मंगलबार ४६५ सदस्यीय तल्लो सदनमा २३७ मत प्राप्त गर्दै प्रधानमन्त्री पदमा पुगिन् ।

तेस्रो प्रयासमा सफलता र चुनौती

तेस्रो प्रयासमा देशको सर्वोच्च पदमा पुगेकी तकाइची एक दक्षिणपन्थी नेतृ हुन् र जापानमा उनलाई आइरन लेडीको रूपमा चिनिन्छ। सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) की सदस्य तकाइचीले यसअघि मन्त्रीको जिम्मेवारी सम्हालीसकेकी छन्। उनी टेलिभिजन होस्ट र हेभी मेटल ड्रमर जस्ता फरक पहिचान पनि बोक्छिन्। उनको यो विजय एलडीपी र दक्षिणपन्थी जापान इन्नोभेशन पार्टी ९जेआईपी० बीच अन्तिम समयमा भएको गठबन्धन सम्झौता पछि सम्भव भएको हो । यद्यपि, गठबन्धन बने पनि संसदमा दुई सिटले बहुमत नपुग्दा जापानमा राजनीतिक अस्थिरताको जोखिम अझै कायम रहेको विश्लेषकहरूको भनाइ छ । तकाइचीले निवर्तमान शिगेरु इशिबालाई प्रतिस्थापन गर्दै प्रधानमन्त्री पद सम्हालेकी हुन्। एलडीपीले पछिल्लो पाँच वर्षमा चौथो पटक नयाँ प्रधानमन्त्री चयन गरेको छ।

ट्रम्पको तारिफ र भावी कार्यभार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले समेत तकाइचीको तारिफ गर्दै भनेका थिए—उनी धेरै सम्मानित र बुद्धिमान नेता हुन्। प्रधानमन्त्री बनेपछि तकाइची सामु धेरै चुनौतीहरू छन्।

प्रमुख रूपमा गति लिन नसकेको अर्थतन्त्रलाई पुनर्जीवन दिनु, अमेरिका(जापानबीचको सम्बन्धलाई थप सुदृढ गर्नु र सत्तारुढ दललाई एकजुट बनाएर लैजानु उनको मुख्य कार्यभार रहनेछ। तीन महिनादेखि चलिरहेको राजनीतिक अनिश्चितताको अन्त्यसँगै जापानमा अब नयाँ सरकार गठन भएको छ।


सम्बन्धित समाचार