Logo

५ कात्र्तिक, काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा उल्लेख्य गिरावट आउन थालेको छ ।

पछिल्लो दुई दिन (मङ्गलबार र बुधबार) मा सुनको भाउ करिब ७ प्रतिशतले घटेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार, सुनको भाउमा आएको यो अल्पकालीन गिरावटको मुख्य कारण अन्तर्राष्ट्रिय राजनीतिमा देखिएको स्थिरताको सङ्केत हो । केही दिनअघि युक्रेनी राष्ट्रपति र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भएको वार्तामा ट्रम्पले मर्न र मार्न बन्द गरी युद्ध अन्त्यको बाटो खोज्न सुझाएपछि बजारमा सकारात्मक प्रभाव परेको मानिएको छ । सोमबार सुनको मूल्य प्रतिऔंस ४,२६७ डलरसम्म पुगेको थियो ।

मङ्गलबार बजार खुल्दा प्रतिऔंस ४,३६६ डलरमा कारोबार भएको सुन अन्ततः ५.२९ प्रतिशतले घटेर ४,१२५ डलरमा झरेको थियो । बुधबार ४,१२४ अमेरिकी डलरबाट कारोबार सुरु भएको सुन यो समाचार तयार पार्दासम्म १।५२ प्रतिशतले घटेर ४,०६४ अमेरिकी डलर प्रतिऔंसमा कारोबार भइरहेको छ।

नेपालमा भने तिहारको सार्वजनिक बिदाका कारण नयाँ मूल्य तोकिएको छैन। तर, अन्तर्राष्ट्रिय बजारको यो गिरावटको असर नेपाली बजारमा देखिने निश्चित छ, जसअनुसार नेपाली बजारमा सुनको मूल्यमा करिब १५ हजार रुपैयाँभन्दा धेरैले सस्तो हुने सम्भावना छ।


सम्बन्धित समाचार