Logo

छिमेकी मुलुक भारतमा आज बिहान भयानक दुर्घटना भएको छ।

हैदराबादबाट बेंगलुरु जाँदै गरेको यात्रुवाहक बसमा आगो लाग्दा कम्तिमा १० जनाको मृत्यु भएको हो । आन्ध्र प्रदेशको कर्नुल जिल्लास्थित निचन्ना टेकरू गाउँ नजिकै भएको सो दुर्घटनामा बस पूर्णरूपमा जलेर क्षतिग्रस्त भएको छ । बसमा सवार ४२ जना यात्रुमध्ये १० जनाको मृत्यु भएको पुष्टि भएको छ भने केही यात्रु गम्भीर घाइते भएका छन् ।

घाइतेहरूको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्ने आशंका गरिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । प्रारम्भिक समाचारअनुसार एउटा मोटरसाइकल बससँग ठोक्किएपछि आगलागी भएको बताइए पनि स्थानीय प्रशासनले दुर्घटनाको आधिकारिक कारण भने पुष्टि गरिसकेको छैन ।


सम्बन्धित समाचार