Logo

८ कात्तिक, कास्की ।पोखरामा आज बिहान सामान्य विवादका क्रममा एक जनाको कुटपिटबाट मृत्यु भएको छ।

पोखरा महानगरपालिका–५ प्रस्र्याङका ४५ वर्षीय अनिल पराजुलीलाई बिहान करिब ४:३० बजे कुटपिट गरी घाइते पारिएको थियो। उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए।

प्रहरीले घटना सम्बन्धमा २३ वर्षीय ईश्वर तिमिल्सिनालाई नियन्त्रणमा लिएको छ। प्रारम्भिक सोधपुछका आधारमा सामान्य विवादकै क्रममा तिमिल्सिनाले पराजुलीमाथि आक्रमण गरेको देखिएको छ।

पक्राउ परेका तिमिल्सिनाको साथबाट चक्कु बरामद गरिएको र उनलाई घर नजिकैबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

घटनामा मृत्यु भएका पराजुलीको शव परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पठाइएको छ। प्रहरीले घटनाको थप अनुसन्धान जारी राखेको छ।


सम्बन्धित समाचार