८ कात्तिक, काठमाडौं । स्थानीय प्रशासनको अनुमति नलिई काठमाडौँको माइतीघरमा प्रदर्शनका लागि पुगेका ५० जनालाई नेपाल प्रहरीले हिरासतमा लिएको छ।
शनिबार बिहान माइतीघरमा प्रदर्शन गर्न पुगेका जेनजी युनाइटेडका सदस्यहरूलाई जिल्ला प्रहरी परिसर, काठमाडौंले सोधपुछका लागि नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार, अनुमति नलिई प्रदर्शन गर्न खोजिएको र अन्य समूहसँग सम्भावित झगडाको जोखिम देखिँदा उनीहरूलाई सुरक्षा कारणले नियन्त्रणमा लिएको हो।
कूल ५० मध्ये २४ महिला र २६ पुरुष रहेका छन्। जेनजी युनाइटेडका अगुवा मदन कार्कीले भने, “हामीले स्वतन्त्र रुपमा प्रदर्शन गर्न अनुमति माग्दा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट अनुमति पाएका थियौँ भन्ने अपेक्षा थियो, तर अनुमति नदिइयो।” उनले प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रणमा लिनु लोकतान्त्रिक अभ्यासअनुकूल नभएको टिप्पणी पनि गरेका छन्।
प्रहरीले हिरासतमा राखिएका व्यक्तिहरूको सोधपुछपछि आवश्यक कारबाही प्रक्रिया अघि बढाउने जनाएको छ।

















