Logo

८ कात्तिक,वीरगञ्ज । वीरगञ्जस्थित होटल कुमु प्यालेसमा श्रीमती चंचला राजद्वारा लिखित ‘मिथिलाको विवाह परम्परा’ नामक पुस्तकको भव्य विमोचन समारोह सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ अधिवक्ता एवं पूर्वमन्त्री लक्ष्मण लाल कर्णले पुस्तक विमोचन गर्दै मिथिला संस्कृति, रीतिरिवाज र परम्परागत मूल्यहरूको संरक्षणमा यस पुस्तकले महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे।

समारोहमा वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा वरिष्ठ उद्योगपति गणेश लाठ, मधेश विश्वविद्यालयका उपकुलपति एवं समाजसेवी दीपक शाक्य, समाजसेवी महेश दास, उषा साह, मधु राणा, शिक्षिका अनिता साह लगायतका विशिष्ट व्यक्तित्वको उपस्थिती रहेको थियो।

कार्यक्रमका वक्ताहरूले लेखिका चंचला राजको प्रयासको प्रशंसा गर्दै मिथिला समाजको सांस्कृतिक दस्तावेजीकरणमा यस पुस्तकले नयाँ दिशा दिने बताए। उनीहरूले पुस्तकले नयाँ पुस्तामा संस्कार र परम्पराबारे जानकारी र गर्व जगाउने अपेक्षा समेत व्यक्त गरे।

समारोहमा डा. अशोक दास, धु्रव सिंह ठकुरी, विभिन्न सामाजिक अभियन्ता, बुद्धिजीवी, साहित्यकार तथा सञ्चारकर्मीहरूको पनि उल्लेखनीय उपस्थिती रहेको थियो। कार्यक्रमको संचालन पंकज दासले गरेका थिए।

लेखिका चंचला राजले पुस्तक लेखनको प्रेरणा र उद्देश्यका बारेमा जानकारी दिँदै मिथिलाको परम्परागत विवाह संस्कारलाई नजिकबाट अध्ययन गरी पुस्ताका लागि सजीव दस्तावेजको रूपमा प्रस्तुत गर्न चाहेको बताइन्।

समारोहको अन्त्यमा सहभागी अतिथिहरूले लेखिकालाई शुभकामना तथा सफलताको कामना व्यक्त गरेका थिए।


सम्बन्धित समाचार