Logo

१० कात्तिक, काठमाडौं । सुशासनविद् काशिराज दाहालले प्रधानमन्त्री र मन्त्रीहरूले तत्काल आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्नेमा जोड दिएका छन् ।

वर्तमान अन्तरिम मन्त्रिपरिषद्का सदस्यहरूले सम्पत्ति विवरण सार्वजनिक नगरेको सन्दर्भमा उनले सम्पति विवरण सार्वजनिक गर्नुपर्ने बताएका हुन् । उनी भ्रष्टाचार नियन्त्रणका लागि सम्पत्ति विवरणलाई सुशासनको ऐनाको रूपमा लिन्छन् । दाहालले पदमा जाँदा के कति थियो र पदबाट हट्दा के कति थपघट भयो भनेर हेर्ने कुरा भएकोले सुशासनको ऐना चेकजाँच जरुरी रहेको बर्ता ।

नागरिक अधिकार र अनुगमनको आवश्यकता

सुशासनविद् दाहालका अनुसार, सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको सम्पत्ति विवरणको जानकारी पाउनु नागरिकको आधारभूत अधिकार हो, किनकि उनीहरू नागरिकले तिरेको करबाट शासन गर्न चुनिएका जनप्रतिनिधि हुन् ।

उनले सम्पत्ति विवरण सम्बन्धित निकायमा बुझाएर मात्र नपुग्ने भन्दै नागरिकले थाहा पाउने गरी सार्वजनिक गर्नुपर्ने आवश्यकता औँल्याए । दाहालले राज्यका संयन्त्रले सार्वजनिक पद धारण गरेका व्यक्तिको सम्पत्ति समय-समयमा जाँच गर्नुपर्ने र भ्रष्टाचारजन्य क्रियाकलापको अनुगमन गर्नुपर्ने बताए ।

उनले नेपालमा बहुदल पुनर्स्थापना भएपछि २०४८ सालमा बनेको गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले १५ दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको स्मरण गराए ।


सम्बन्धित समाचार