Logo

१२ कात्र्तिक, काठमाडौं । भारी हिमपातका कारण मनाङका विभिन्न पर्यटकीय क्षेत्रमा फसेका करिब १५ सय जना नागरिकको नेपाली सेनाले सफलतापूर्वक उद्धार गरेको छ ।

सैनिक मुख्यालयले दिएको जानकारीअनुसार मनाङको तिलिचो, खाङ्गसार, पिसाङ्ग, अप्पर मनाङ र हुम्दे इलाकामा फसेका नागरिकहरूलाई सेनाले सुरक्षित स्थानमा ल्याएको हो । उद्धार गरिएका १५ सय जनामध्ये २०० जना विदेशी पर्यटक समेत रहेका छन् । उद्धार कार्यमा मनाङमा तैनाथ नेपाली सेनाको नयाँ भैरवीदल गुल्मबाट खटिएको टोलीले नेतृत्व गरेको थियो । यस साहसिक कार्यमा नेपाली सेनालाई नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय बासिन्दाले समेत महत्त्वपूर्ण सहयोग पुर्‍याएका थिए ।

गहन हिमपातका कारण खतरामा परेका नागरिक र पर्यटकहरूको ज्यान जोगाउन सुरक्षा निकायले तत्काल र प्रभावकारी कदम चालेको हो।


सम्बन्धित समाचार