Logo

१२ कात्र्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको कतार भ्रमणलाई मन्त्रिपरिषद्‌ले औपचारिक रूपमा स्वीकृति दिएको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलसहितको टोलीको भ्रमण स्वीकृत गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलले दिएको जानकारीअनुसार, राष्ट्रपति पौडेलले कात्तिक १७ गतेदेखि २० गतेसम्म कतारको औपचारिक भ्रमण गर्नुहुनेछ ।

उनी कतारको दोहामा आयोजना हुने ‘सेकेन्ड वर्ल्ड समिट फर सोसल डेभलपमेन्ट’ नामक उच्चस्तरीय कार्यक्रममा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्न लाग्नुभएको हो । मन्त्री खरेलले भने, ‘कतारको दोहामा आयोजना हुने सेकेन्ड वर्ल्ड समिट फर सोसल डेभलपमेन्ट विषय कार्यक्रममा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा कात्तिक १७ देखि २० गतेसम्म हुने औपचारिक भ्रमण स्वीकृत गर्ने निर्णय भएको छ।’


सम्बन्धित समाचार
भर्खरै