Logo

१६ कात्तिक,वीरगञ्ज । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा वीरगञ्ज महानगरपालिकाको भवनमा आगजनी, लुटपाट र तोडफोड हुँदा सम्पूर्ण कार्यालय सामग्री नष्ट भएपछि पुनः सञ्चालनमा सहजता ल्याउन विभिन्न संघ–संस्था, उद्योग–व्यवसायिक घराना तथा सामाजिक संगठनहरूले सहयोगका लागि हात अघि बढाएका छन्।महानगरको कार्यालय जलेर नष्ट भएपछि दैनिक प्रशासनिक कार्यमा ठूलो समस्या आएको थियो।

तर पछिल्ला दिनमा प्राप्त सहयोगका कारण महानगरको पुनः सञ्चालन कार्य सहज र प्रभावकारी बन्दै गएको छ।सामाजिक उत्तरदायित्वअन्तर्गत आइतबार एन.पी.एल. सामाज कल्याण संस्थाले महानगरलाई ७ थान कम्प्युटर डेस्कटप र ३ थान प्रिन्टर सहयोगस्वरूप उपलब्ध गराएको छ।

वीरगञ्ज महानगरपालिकाको कार्यालयमै आयोजित कार्यक्रममा संस्थाका निर्देशक अरविन्द अमात्यले सामग्री हस्तान्तरण गर्दै भने, “नगरवासीका लागि हुने सेवामा सहजता ल्याउन योगदान दिन पाउनु गर्वको कुरा हो।”त्यसैगरी, ८८ब्रिटानिया नेपाल प्रा.लि.८८ले पनि आइतबार महानगरका लागि २० थान कुर्सी प्रदान गरेको छ।

यसअघि ८८सूर्य नेपाल प्रा.लि.८८ले ल्यापटप, कम्प्युटर र प्रिन्टर, र औषधि उत्पादक संघ वीरगंज इकाईले कम्प्युटर, प्रिन्टरसहितका विद्युतीय सामग्रीहरू उपलब्ध गराइसकेका छन्।महानगरका मेयर राजेशमान सिंहले प्राप्त सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै भने,“महानगरको सम्पत्ति जल्नु भनेको नगरवासीकै सम्पत्ति नष्ट हुनु हो। यस्तो कठिन घडीमा साथ र सहयोगका हात अघि बढाउनु हामी सबैका लागि हौसला दिने काम हो।

यसले महानगरलाई फेरि उठ्न प्रेरणा दिएको छ।”उनका अनुसार, प्राप्त सहयोगका सामग्रीहरू प्राथमिक रूपमा प्रशासनिक कार्य सञ्चालनका लागि प्रयोग गरिने छन्। साथै, महानगरले आगामी दिनमा अन्य आवश्यक सामग्रीका लागि निजी क्षेत्र र दातृ निकायसँग सहकार्य गर्ने योजना बनाएको छ।मेयर सिंहले थपे, “यी सहयोगहरूले न केवल कार्यालय सञ्चालन सहज बनाएका छन्, बरु कर्मचारीहरूको मनोबल पनि बढाएका छन्।”

 


सम्बन्धित समाचार