Logo

१७ कात्तिक,ठोरी । पर्साको ठोरी गाउँपालिका–५, सुवर्णपुरमा सोमबार निशुल्क आँखा शिविर सम्पन्न भएको छ। शिविरको आयोजना तिलगंगा आँखा उपचार केन्द्र निचुडा, उन्नति मेडिकल हल सुवर्णपुर र ठोरी गाउँपालिका–५ वडा कार्यालयको संयुक्त पहलमा गरिएको हो।

शिविरमा कुल २०७ जनाले आँखा परीक्षण गराएका थिए। यसअघि भएका शिविरहरूमा आँखा जाँच गराएका बिरामीहरूको पुनः परीक्षण पनि गरिएको वडाध्यक्ष अष्टबहादुर लोप्चनले जानकारी दिए।

शिविरमा जाँच गरिएका मध्ये ३३ जनामा मोतियाबिन्दुको समस्या पत्ता लागेको वडाध्यक्ष लोप्चनले बताए। उनका अनुसार ती बिरामीहरूको निशुल्क मोतियाबिन्दु शल्यक्रिया कार्तिक २३ गते तिलगंगा आँखा उपचार केन्द्र निचुडामा गरिनेछ।

वडा कार्यालय सुवर्णपुरले हरेक वर्ष निशुल्क आँखा शिविर सञ्चालन गर्दै आएको छ। यस वर्षको शिविरमा स्थानीय बासिन्दाको उत्साहपूर्ण सहभागिता रहेको आयोजकले जनाएको छ।


सम्बन्धित समाचार