Logo

२२ असोज, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र आन्तरिक विवाद पुनः चर्किएको छ। महामन्त्री धवल शम्शेर राणाले आज दिउँसो आफू निकटका नेताहरूको छुट्टै भेला आयोजना गर्दै छन् ।

महामन्त्री राणानिकट एक केन्द्रीय सदस्यका अनुसार भेला दिउँसो १२ः३० बजे बालुवाटारस्थित नेपाल हाउसमा सुरु हुनेछ। भेलामा राणा पक्षका पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको सहभागिता रहने बताइएको छ । पार्टीभित्रको असन्तुष्टिको मुख्य विषय नियमित महाधिवेशनको समय बनेको छ । उनी आगामी मंसिर १७ गतेभित्रै महाधिवेशन सम्पन्न गरिसक्नुपर्ने पक्षमा छन् ।

अध्यक्ष राजेन्द्र लिङ्देनले भने जिल्ला र प्रदेश अधिवेशनका लागि मात्रै मंसिर मसान्तसम्मको समय तोकेका छन्, जसले महाधिवेशन धकेलिने संकेत गर्छ । २०७८ मंसिरमा निर्वाचित भएको राप्रपाको वर्तमान नेतृत्वको कार्यकाल आगामी मंसिर १८ गते सकिँदै छ ।

महामन्त्री राणाले यसअघि गत माघमा बसेको केन्द्रीय समिति बैठकमा पनि अध्यक्ष लिङ्देनको कार्यशैलीको आलोचना गर्दै ६ पृष्ठको छुट्टै राजनीतिक प्रतिवेदन पेश गरेका थिए।


सम्बन्धित समाचार
भर्खरै