Logo

१९ कात्तिक, वीरगञ्ज । वीरगञ्ज–१ छपकैयास्थित श्री बबीता पराजुली आधारभूत विद्यालयको व्यवस्थापन तथा बगैचा संरक्षणका लागि श्रीमद् भागवत महापुराण कथा आयोजना हुने भएको छ।

आयोजक श्री छठघाट व्यवस्थापन तथा सेवा समितिले बुधबार पत्रकार सम्मेलन गरी कात्तिक २० गतेदेखि २७ गतेसम्म कथा सञ्चालन हुने जानकारी दिएको हो।आयोजक समितिका अध्यक्ष राबिन्द्र महतो कुशवाहाका अनुसार कथा कार्यक्रम वीरगञ्ज–१ शितलपुर छपकैया छठघाट परिसरमा हुनेछ। कार्यक्रमको पहिलो दिन कात्तिक २० गते बिहान विशाल कलश यात्रा निकालिनेछ।

कथाको क्रममा हरेक दिन बिहान ७ देखि ९ बजेसम्म कलश वेदी पूजा र बेलुका ३ देखि ८ बजेसम्म कथा वाचन, झाँकी तथा लीला प्रदर्शन हुनेछ। कथा वाचन काशी बनारसका शिवांश महाराज ज्यूले गर्ने छन्।आयोजक समितिले कथाबाट संकलित रकम श्री बबीता पराजुली आधारभूत विद्यालयको व्यवस्थापन तथा बगैचा संरक्षणमा खर्च गर्ने जनाएको छ।

कुशवाहाका अनुसार, सम्पूर्ण कार्यक्रम सञ्चालनमा करिब १० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। कार्यक्रमको अन्तिम दिन कात्तिक २७ गते पूर्णाहुतिका साथ कथा सम्पन्न हुनेछ।


सम्बन्धित समाचार