Logo

२० कात्र्तिक, काठमाडौं । नेपाली बजारमा सुनचाँदीको भाउमा आज पुनः वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले बढेर २ लाख ३७ हजार ८ सय रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन सुनको भाउ २ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यद्यपि, असोज ३१ गते कायम भएको २ लाख ५८ हजार रुपैयाँको उच्च रेकर्डभन्दा यो मूल्य कम नै रहेको महासंघले जनाएको छ ।

सुनसँगै चाँदीको भाउमा पनि वृद्धि भएको छ । चाँदी प्रतितोला २० रुपैयाँले बढेर ३०१० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी प्रतितोला २९९० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको हकमा पनि असोज ३१ गते कायम भएको हालसम्मकै उच्च मूल्य ३३५० रुपैयाँभन्दा आजको मूल्य तलै रहेको छ ।


सम्बन्धित समाचार