Logo

२० कात्र्तिक, काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको कम्युनिस्ट पार्टी नेपालले आज काठमाडौँमा बृहत जनप्रदर्शन तथा सभा आयोजना गर्दैछ ।

पार्टीले राजधानीको भृकुटीमण्डपमा दिउँसो १ बजे सभा आयोजना गर्ने जनाएको छ, जसअघि सुन्धाराबाट जुलुश प्रदर्शन सुरु गर्ने तयारी गरिएको छ। सभालाई पार्टीका महासचिव विप्लवसहितका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ । काठमाडौँ उपत्यका र आसपासका जिल्लाबाट १० हजारभन्दा बढी कार्यकर्ता उतारेर शक्ति प्रदर्शन गर्ने दाबी सो पार्टीले गरेको छ । विप्लवको पार्टीबाट चिरन पुन नेतृत्वको समूहले केही दिनअघि मात्रै विद्रोह गरेर नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीसहित १० वाम घटकको एकताबाट बनेको ‘नेपाली कम्युनिस्ट पार्टी’ मा सहभागी भएको छ ।

यो सभा विप्लव समूहले हालै निर्वाचन आयोगमा आफ्नो दल कम्युनिस्ट पार्टी नेपाल’ दर्ता गरेपछि हुन लागेको शक्ति प्रदर्शनका रूपमा हेरिएको छ।


सम्बन्धित समाचार
भर्खरै