Logo

२० कात्र्तिक, काठमाडौं । कृषि विकास बैंक लिमिटेडले मुनाफाबाट शेयरधनीहरूका लागि लाभांश घोषणा गरेको छ ।

बैंकको कार्तिक १९ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको कुल १३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । जसअन्तर्गत शेयरधनीहरूले ३ दशमलव २५ प्रतिशत बोनस शेयर र ९ दशमलव ७५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) प्राप्त गर्नेछन् ।

यसका साथै, बैंकले हाल कायम फिर्ता नहुने अग्राधिकार शेयर पूँजीमा समेत वार्षिक ६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । यो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि र बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात मात्र शेयरधनीहरूमा वितरण गरिनेछ ।


सम्बन्धित समाचार