Logo

२० कात्र्तिक, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा वरिष्ठ राजनीतिकर्मी डा. बाबुराम भट्टराईको मध्यस्थतामा नेपालमा नयाँ वैकल्पिक राजनीतिक शक्ति निर्माणका लागि छलफल सुरु भएको छ ।

‘जेनजी विद्रोह’ पछि बदलिएको राजनीतिक मर्मलाई आत्मसात् गर्दै समग्र राजनीतिको पुनर्गठन गर्ने र व्यापक वैकल्पिक राजनीतिक ध्रुवीकरण गर्ने उद्देश्यका साथ यो छलफल अघि बढाइएको हो । भरपर्दो र बलियो शक्ति निर्माणको लक्ष्य राखेको यस छलफलमा डा.भट्टराईसँगै पूर्व माओवादी नेताहरू जनार्दन शर्मा र सुदन किराँती, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेकी नेतृ सुमना श्रेष्ठ, तथा रास्वपाका उपसभापति डीपी अर्याल लगायतका वैकल्पिक दल, समूह र अभियन्ताहरू सहभागी भएका छन् । यो भेलाले नेपालको पुरानो राजनीतिक संरचनालाई चुनौती दिने बलियो विकल्प खोज्ने प्रयासलाई संकेत गरेको छ।


सम्बन्धित समाचार
भर्खरै