२० कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडिया नेटवर्क प्रालिका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइ आज उच्च अदालत तुलसीपुर बुटवल इजलासमा हुँदैछ ।
सहकारी ठगीसम्बन्धी कसुर र संगठित अपराधको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका उनीहरुको मुद्धामा आज लसीपुर बुटवल इजलासमा सुनुवाई हुने भएको हो । साप्ताहिक पेसी अनुसार, न्यायाधीशद्वय वासुदेव आचार्य र ओमप्रकाश अर्यालको संयुक्त इजलासमा क्रम संख्या ३ मा यस मुद्दाको सुनुवाइ तोकिएको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिएका छन् । यसअघि लामिछानेको मागबमोजिम एकै प्रकृतिका मुद्दा भएकाले जोशीसमेतको दुवै मुद्दा एकैसाथ राख्न आदेश भएको थियो ।
लामिछानेले आफ्नो भागको बिगो रकम दाखिला गरेर थुनाबाहिरै बसेर मुद्दा लड्न पाउनुपर्ने माग गर्दै उच्च अदालतमा निवेदन दिएका थिए, तर जिल्ला अदालत रुपन्देहीले यसअघि उनको निवेदनलाई अस्वीकार गरेको थियो । सुप्रिम सहकारी ठगीको यो मुद्दामा प्रतिवादीहरूलाई सामूहिक रूपमा १० करोड ९९ लाख ३६ हजार रुपैयाँ बिगो कायम गरिएको छ ।















