Logo

२० कात्तिक, काठमाडौं । नबिल बैंक लिमिटेडले चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

जसअनुसार बैंकको खुद नाफामा गिरावट आएको छ । बैंकले यस अवधिमा १ अर्ब ७५ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४।५७ प्रतिशतले कम हो । नाफा घटे तापनि बैंकको वितरणयोग्य मुनाफा ५ अर्ब ६३ करोड ५२ लाख रुपैयाँ रहेको छ, जसबाट वितरणयोग्य प्रतिशेयर आम्दानी ३० रुपैयाँ १५ पैसा कायम भएको छ।

यस त्रैमासमा बैंकको खुद ब्याज आम्दानी ५ दशमलव ७७ प्रतिशतले घटेको छ भने सञ्चालन मुनाफा पनि १० दशमलव ८४ प्रतिशतले ओरालो लागेको देखिन्छ। बैंकको प्रतिशेयर आम्दानी २५ रुपैयाँ ९७ पैसा कायम रहेको र जगेडा कोषमा ३८ अर्ब ७ करोड ५१ लाख रुपैयाँ सञ्चित रहेको वित्तीय विवरणमा उल्लेख छ।


सम्बन्धित समाचार
भर्खरै