२० कात्र्तिक, काठमाडौं । गत भदौ २३ मा भएको ‘जेनजी आन्दोलन’ को क्रममा सुरक्षाकर्मीको गोली लागेर २२ जना प्रदर्शनकारीको मृत्यु भएको घटनाको जाँचबुझ प्रक्रिया आजबाट थप अगाडि बढेको छ ।
विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगले आजदेखि घटनाको समयमा फिल्डमा खटिएका प्रहरी कर्मचारीहरूको बयान लिन सुरु गरेको हो । यसका लागि फिल्ड इन्चार्जको रूपमा खटिएका प्रहरी कर्मचारीहरूको विवरणहरू समेत आयोगलाई प्राप्त भइसकेको जनाइएको छ । यसअघि बुधबार मात्रै आयोगले उक्त समयमा गृहमन्त्री रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग समेत बयान लिइसकेको थियो ।
















