२० कात्र्तिक, काठमाडौं । नेपाली कांग्रेसभित्र नियमित महाधिवेशन समयमै गराउन दबाब सिर्जना गर्नका लागि पार्टीको संस्थापन पक्षधर नेता तथा कार्यकर्ताहरूको भेला आजबाट सुरु भएको छ ।
बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा सुरु भएको यो दबाबमुलक भेलाको अध्यक्षता भक्तपुरका सभापति दुर्लभ थापाले गरेका छन् । भेलामा कोशी प्रदेश सभापति उद्धव थापा, महामन्त्री भुपेन्द्र राईसहित मुगु, ओखलढुंगा, म्याग्दी र अछाम लगायतका जिल्ला सभापतिहरू तथा नेता(कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको छ ।
कांग्रेसभित्र आगामी फागुन २१ अघि महाधिवेशन गर्ने वा चुनावपछि सार्ने भन्ने विषयमा चर्को विवाद चलिरहेका बेला, यो भेलाले तोकिएको समयमै महाधिवेशन गराउनका लागि वडादेखि केन्द्रसम्मका सबै तहमा दबाब दिने उद्देश्य राखेको छ ।
















