२० कात्तिक, काठमाडौं । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१ मा रहेको श्री भुवनेश्वरी आधारभूत विद्यालयकी प्रधानाध्यापक अन्जना भण्डारीलाई कुटपिट गर्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश भन्ने खाम्सोङ तामाङविरुद्ध आज जाहेरी दर्ता भएको छ।
इलाका प्रहरी कार्यालय नवलपुरका अनुसार, प्रधानाध्यापक भण्डारीले आफूमाथि कुटपिट गर्ने अध्यक्ष तामाङविरुद्ध हिजो जाहेरी दिएकी थिइन् ।
व्यवस्थापन समितिको बैठक बोलाउने मिति फरक परेको सामान्य विषयलाई लिएर अध्यक्ष तामाङले भण्डारीमाथि आक्रमण गरेको जनाइएको छ। कुटपिटबाट प्रधानाध्यापक भण्डारीको आँखा र गालामा चोट लागेको छ।















