Logo

२० कात्र्तिक, काठमाडौं । नेकपा एमाले निकट युवा संघले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) विरुद्ध साइबर ब्यूरोमा औपचारिक उजुरी दिएको छ ।

युवा संघका नेताहरू साइबर ब्यूरोको कार्यालय पुगेर मेयर शाहले हालै सामाजिक सञ्जालमा लेखेको स्टाटसले राजनीतिक दलहरूको मानमर्दन गरेको आरोपसहित उजुरी दर्ता गराएका हुन् । साइबर ब्यूरो स्रोतका अनुसार मेयर शाहविरुद्ध उजुरी परेको पुष्टि भए पनि, उक्त उजुरी हाल दर्ताको प्रक्रियामै रहेको एक अधिकारीले जानकारी दिएका छन् ।

मेयर शाहले यही १६ कात्तिकको मध्यराति आपत्तिजनक शब्द प्रयोग गर्दै एक स्टाटस लेखेका थिए, यद्यपि उनले सो स्टाटस केही समयपछि नै आफ्नो पेजबाट हटाएका थिए ।

 


सम्बन्धित समाचार
भर्खरै