Logo

२२ कात्तिक,काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज (शुक्रबार) दिउँसो १ः०० बजेका लागि बोलाएको छ। बैठक पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, ललितपुरमा बस्नेछ।

पार्टीका केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्यहरू र सातै प्रदेश सभापतिहरूलाई बैठकमा उपस्थित हुन अनुरोध गरिएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।

बैठकले हालै निधन भएका पूर्वमन्त्री मोहम्मद अफताव आलमप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक प्रस्ताव पारित गर्ने कार्यक्रम रहेको बताइएको छ।

पार्टीका एक नेताका अनुसार बैठक छोटो समयको हुने र दिवंगत नेताप्रति पार्टीको आधिकारिक शोक सन्देश जारी गरिनेछ।


सम्बन्धित समाचार
भर्खरै