Logo

२२ कात्तिक,चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको विस्तारित बैठक चितवनको सौराहामा जारी छ। शनिबार बैठकको दोस्रो दिनको कार्यसूची सुरु भएको छ।

बैठकमा केन्द्रीय सदस्य दीपक बोहराले पार्टी सभापति रवि लामिछानेको पक्षमा गरिएको हस्ताक्षर अभियानसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका छन्।

त्यस्तै, बैठकमा केन्द्रीय सचिवालय सदस्य गणेश पराजुली र रविकिरण अधिकारीले निर्वाचन सम्बन्धी प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको पार्टी स्रोतले जनाएको छ।

बैठकमा संगठन सुदृढीकरण, आन्तरिक मूल्याङ्कन र आगामी राजनीतिक रणनीतिसम्बन्धी विषयमा पनि छलफल चलिरहेको छ।


सम्बन्धित समाचार
भर्खरै