२२ कात्तिक,काठमाडौं । नवगठित नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ को ह्वाट्सएप नम्बर ह्याक भएको छ।
नेता पुनले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफूले प्रयोग गर्दै आएको नम्बरबाट अनधिकृत सन्देश पठाइरहेको जानकारी गराउँदै सचेत रहन सबैलाई आग्रह गरेका छन्। फेसबुकमा उनले लेखेका छन्, “सावधान! मेरो ह्वाट्सएप नम्बर ह्याक भएर अनधिकृत म्यासेज आइरहेको छ, कृपया सचेत रहन अनुरोध गर्दछु।”
उनको ह्वाट्सएप नम्बर ह्याक भएको घटनाले डिजिटल सुरक्षा र व्यक्तिगत सन्देशको सुरक्षामा ध्यान दिनुपर्ने आवश्यकता पुनः प्रमाणित गरेको छ।














