२२ कात्तिक,वीरगञ्ज । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनल नेतृत्वको सरकार आज विश्वासको मतको परीक्षामा उत्रिँदा चार जना प्रदेशसभा सदस्य अनुपस्थित रहेका छन्।
अनुपस्थित सांसदहरूमा निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंह, पूर्वमन्त्री त्रिभुवन साह, नेपाल संघीय समाजवादी पार्टीकी सांसद विमला अन्सारी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद कञ्चन विच्छा छन्।
सिंह र साह हाल जनमत पार्टीमा आवद्ध छन् भने अन्सारी र विच्छा आफ्ना पार्टीको निर्णयअनुसार तटस्थ रहेर अनुपस्थित भएका हुन्।
सोनल सरकारलाई यसअघि लोसपा, जसपा, जनमत पार्टी, माओवादी केन्द्र र एकीकृत समाजवादीले समर्थन दिएको थियो। तर विश्वासको मतको दिन गठबन्धनभित्रकै सांसदहरूको अनुपस्थिति हुँदा सरकारको बहुमत सुरक्षित राख्न चुनौती सिर्जना भएको विश्लेषकहरूले बताएका छन्।
नेपाली कांग्रेस र नेकपा (एमाले) आजको मतदानमा सरकारको विपक्षमा मतदान गर्ने तयारीमा छन्।














