Logo

२३ कार्तिक, हेटौँडा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ मा गएराति बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ।

मृत्यु हुनेमा रूपन्देहीको देवदह नगरपालिका–८ का ३७ वर्षीय रामबहादुर बोहरा रहेका छन्। जनकपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बा।प्र।०३–००१ ख २६५६ नम्बरको यात्रुवाहक बसले बोहरालाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

ठक्करबाट गम्भीर घाइते भएका बोहरालाई प्रहरीले तत्काल उद्धार गरी हेटौँडा अस्पताल पुर्‍याएको थियो। अस्पताल पुग्नेबित्तिकै चिकित्सकले उनलाई मृत घोषित गरेको मकवानपुरका प्रहरी नायब उपरीक्षक ९डीएसपी० पुष्कर बोगटीले जानकारी दिए।

बस चालक महोत्तरीको रामगोपालपुर नगरपालिका–६ का ३३ वर्षीय सुजय कुमार सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


सम्बन्धित समाचार