Logo

प्रतिकात्मक चित्र

२३ कात्र्तिक, चितवन । पूर्वपश्चिम राजमार्ग अन्तर्गत चितवनको खैरहनी नगरपालिका–८ चैनपुरमा शनिबार राति भएको एक भीषण सडक दुर्घटनामा मोटरसाइकलमा सवार दुई जना युवा(युवतीको ज्यान गएको छ ।

राति करिब १२ बजेतिर भएको यो दुःखद घटनामा मधेश प्रदेश ०३–००२ ख ०७९९ नम्बरको कन्टेनर ट्रकले विपरीत दिशाबाट आइरहेको बागमती प्रदेश ०६–००५ प ७७६८ नम्बरको मोटरसाइकललाई भयानक ठक्कर दिएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार, दुर्घटनामा मोटरसाइकल चालक राप्ती नगरपालिका–७ का १९ वर्षीय श्रीराम कंडेल र पछाडि सवार राप्ती नगरपालिका–५ की २० वर्षीया बिमला तामाङको मृत्यु भएको हो ।

दुर्घटनालगत्तै अचेत अवस्थामा फेला परेका उनीहरूलाई तत्काल उद्धार गरी उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर पुर्‍याइएको भए पनि उपचारकै क्रममा चिकित्सकहरूले मृत घोषणा गरेका थिए ।
प्रहरीले ठक्कर दिने कन्टेनर ट्रकका चालकलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान अगाडि बढाएको छ।


सम्बन्धित समाचार
भर्खरै