२३ कात्र्तिक, काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले लगातार तेस्रो दिन पनि वृद्धि कायम गरेको छ।
बिहीबार र शुक्रबार लगातार बढेको सुनको मूल्य आइतबार पनि तोलामा थप चार सय रुपैयाँले महँगिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मूल्य वृद्धिसँगै आज छापावाल सुनको कारोबार दुई लाख ३८ हजार ६ सय रुपैयाँ प्रति तोलामा कायम भएको छ। यसअघि बिहीबार र शुक्रबार सुनको भाउ तोलामा ६–६ सय रुपैयाँले बढेको थियो। यद्यपि, आज चाँदीको मूल्यमा भने सामान्य गिरावट आएको छ ।
महासंघका अनुसार, चाँदी आज तोलामा पाँच रुपैयाँले घटेर तीन हजार १५ रुपैयाँ प्रति तोलामा किनबेच भइरहेको छ। स्मरण रहोस्, असोज ३१ गते सुनको मूल्य हालसम्मकै उच्च बिन्दु अर्थात् दुई लाख ५८ हजार आठ सय रुपैयाँसम्म पुगेको थियो।

















